३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री


December 25, 2022
0
Shares

काठमाडौं, १० पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । उनी तेस्रोपटक प्रधानमन्त्री भएका हुन् ।

आइतबार राष्ट्रपतिले बहुमत सांसदको समर्थन पाउनुभएका प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएका हुन् ।

एक साता अघि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत बहुमतको दाबी प्रस्तुत गरी सरकार गठनको आव्हान गरेकी थिइन् । प्रचण्डले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सात दल र केही स्वतन्त्र सांसदहरुको समेत साथ लिएर बहुमत प्रस्तुत गरेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि यसअघिको सत्ता गठबन्धन नै तोडिएको थियो । गठबन्धनका अन्य दलहरु नेकपा एस र जनमोर्चा नेपालले भने प्रचण्डलाई समर्थन नगर्ने भएका छन् ।

प्रतिक्रिया