२३ भाद्र २०८१, आइतबार | September 8, 2024

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो


December 14, 2022
0
Shares

काठमाडौं, २८ मंसिर । काभ्रेको बेथानचोकस्थित गणेशस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । घटनामा २१ जना घाइते भएका छन् ।

बा ३ ख ४३८५ नम्बरको रिजर्भको बस दुर्घटना भएको थियो । बनेपाबाट ब्रतबन्धका लागि बेथानचोकको च्याल्टी पुगेर बस फर्कदै गर्दा मोडको भित्तामा ठोक्किएर बस भीरबाट खसेको थियो ।

उद्धार कार्य भएपनि अधिकांशको घटनास्थलमा मृत्यु भएको बुझिएको छ ।

प्रतिक्रिया