३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चुनावमा पराजित मन्त्रीहरुले किन राजीनामा दिएनन्


November 29, 2022
0
Shares

काठमाडौं, १३ मसिर । प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपनि बहालवाला ६ जना मन्त्री पदमै छन् । चुनाव हारेपछि सामान्यतया नैतिकताका आधारमा राजीनामा दिने प्रचलन रहेकोमा मन्त्रीहरु मौन छन् ।

गृहमन्त्री बालकृष्ण खाँड रुपन्देही क्षेत्र नं २ बाट चुनाव हारेका छन् । बहालवाला गृहमन्त्री चुनाव हार्नुलाई अर्थपूर्ण मानिएको छ । तर, खाँड पदमै बहाल छन् ।

ऊर्जामन्त्री पम्फा भुषाल ललितपुर क्षेत्र नं ३ बाट पराजित भइन् । उनी पनि पदमै छिन् ।

खानेपानीमन्त्री उमाकान्त चौधरी बाराबाट पराजित भए । उनी मेलम्चीको बाढीले पुरिएको सुरुङ खोल्न दिइएको ठेक्काको विवादमा परेका थिए । उनी अझै राजीनामा दिने पक्षमा छैनन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ पनि पदमै छन् । उनीहरु राजीनामा दिन तयार छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै पराजित भएपनि राजीनामा नदिन मन्त्रीहरुलाई सुझाएको बुझिएको छ । यसकारण पनि उनीहरु रोक्किएका छन् ।

प्रतिक्रिया