१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौं सौराहा’ अभियान


October 16, 2022
0
Shares

चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमाैं सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् ।

यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको संख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमाैं सौराहा भन्दै देशका सातवटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । उनले यस वर्ष देशका सातै प्रदेश पुग्ने योजना रहेपनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिए । ‘कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौँ त्यो प्रभावकारी बन्यो’, उनले भने ।

यस पटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, सङ्घ संस्थाका प्रतिनिधि, वुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उनले बताए । भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । ‘प्रदेश सरकारले घोषणा गरेको बागमती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्नेगरी ‘घुमाैं सौराहा’ का कार्यक्रम सञ्चालन हुनेछन्’, उनले भने । बागमती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर बागमती प्रदेश भ्रमण वर्ष सुभारम्भ गरिसकेको छ । ‘घुमौँ सौराहा’ अभियानमा छुट प्याकेजको समेत घोषणा गरिने भट्टराईले बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया