२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डाको सहमति, कस्लाई कति


6.5k
Shares

काठमाडौं, २३ फागुन । सत्ता गठबन्धनका प्रमुख दलबीच मन्त्रालयको भागवण्डामा सहमति भएको छ । सहमति अनुसार प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रलाई ६, नेकपा एमालेलाई ८, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने सहमति भएको हो ।

बालुवाटारमा बनेको सहमतिपछि मन्त्रीहरुको नाम तय गर्न गठबन्धन दलको बैठक बस्ने बुझिएको छ । तर, जसपा भने सरकारमा जानबाट ब्याक भइसकेको छ । अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र विद्रोहको खतरापछि ब्याक भएका हुन् ।

सत्ता गठबन्धनले बाँकी रहेका मन्त्रालयमा नेकपा एस वा अन्य दललाई ल्याउने तयारी गरेका छन् । स्वतन्त्र सांसद अमरेश सिंह पनि मन्त्री बन्ने सम्भावना रहेको बुझिएको छ ।

प्रतिक्रिया