३ आश्विन २०८१, बिहिबार | September 19, 2024

माधव नेपालको घर पुगे ओली


1.5k
Shares

काठमाडौं, २२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको घरमा पुगेका छन् । उनी मंगलबार साँझ नेपालको कोटेश्वरस्थित निवास पुगेका हुन् ।

ओली पुग्दा प्रचण्ड पहिल्यै कोटेश्वर पुगेका थिए । ओलीको साथमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि पुगेका छन् ।

नयाँ गठबन्धन बनेपछि १० सिट रहेको माधव नेपाल समूहको साथ लिन ओलीसहित प्रचण्ड कोटेश्वर पुगेका हुन् । नेता नेपालले अहिलेसम्म गठबन्धनमा रहने या नरहने कुनै निर्णय लिएका छैनन् ।

प्रतिक्रिया