४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पाल्पामा खचाखच यात्रुले भरिएको जीप खस्दा ८ को मृत्यु


February 13, 2024
2.6k
Shares

काठमाडौं, १ फागुन । पाल्पामा यात्रुले खचाखच भरिएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् ।

तिनाऊ गाउँपालिका ६ मस्यामस्थित इकोफम हाउस नजिकै लु १ ज २३७१ नम्बरको जीप सडकबाट निकै तल खसेको थियो । जीप डुम्रेबाट चिदीसतर्फ जाँदै गर्दा अनियन्त्रित भई खसेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

बसमा यात्रु धेरै भएकाले नियन्त्रणबाहिर गएको बताइएको छ । घटनामा घाइतेहरुको उद्धार गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया