३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मोदीको पल्लाभारी हुने गरी नितिशले बदले गठबन्धन


January 28, 2024
332
Shares

काठमाडौं, १४ माघ । भारतमा यसै वर्ष लोकसभाको चुनाव हुने निश्चित छ । नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री हुने आँकलन गरिरहँदा झन् अनुकूल परिस्थिति विकास भएको छ । कँग्रेस आई नेतृत्वको इन्डिया ब्लकमा फुट आएसँगै मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा मिलिसकेको छ ।

विहारका मुख्यमन्त्री नितिश कुमारले गठबन्धन बदलेर तरंग ल्याइदिएका छन् । इन्डिया ब्लक गठबन्धनको मुख्य घटक नितिश कुमारले विहारबाट सत्ता गठबन्धनमा यताउता गरिदिएका छन् । उनी पुनः भाजपा नेतृत्वको मुख्यमन्त्री बनेका छन् । यसअघि इन्डिया ब्लकका घटकहरुको समर्थनको मुख्यमन्त्री थिए नितिश ।

भाजपासँग लामो बिग्रेको सम्बन्ध सुधारेका छन् नितिशले । यो घटना लोकसभा चुनाव नजिकिदै गर्दा विकास भएको हो ।

भारतको लोकसभा चुनावमा उत्तर प्रदेश, विहार, महाराष्ट्र जस्ता राज्यलाई निकै महत्वका साथ हेरिन्छ । बढी जनसंख्या र लोकसभाको बढी सिट हुनुले ती राज्यको राजनीतिले निकै अर्थ राख्छ ।

नितिशले गठबन्धन बदलेसँगै इन्डिया ब्लक कमजोर बनेको छ । अब उक्त ब्लकमा कँग्रेस आई, तृणामुल कँग्रेस, समाजवादी पार्टीलगायत छन् ।

भारतमा मोदी लहर झन् बढ्दा नितिशले लोकसभामा सिट जोगाउन पनि गठबन्धन बदलेको देखिन्छ । मोदीको लहरलाई रोक्न बाँकी शक्तिहरु एक हुँदा पनि सम्भव नदेखिने विश्लेषणहरु भइरहँदा नितिशले बाटो बदलेका हुन् ।

प्रतिक्रिया