२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भारतको ७५औं गणतन्त्र दिवस


January 26, 2024
498
Shares

काठमाडौं, १२ माघ । भारतको आज ७५औं गणतन्त्र दिवस । गणतन्त्र दिवसको विशेष समारोहमा भारतले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनलाई विशेष अतिथिका रुपमा डाकेको छ ।

यस वर्ष भारतको गणतन्त्र दिवसमा पूर्वउपराष्ट्रपति एम बेन्कैआ नैडु, तेलेगु फिल्मका सुपरस्टार तथा राजनीतिज्ञ के चिरञ्जीवी, सामाजिक अभियन्ता बिन्देश्वर पाठक, कलाकार बैजन्तीमाला बाली र भारत नाट्यमका प्रतिपादक पद्म सुब्रमण्यमलाई पद्म विभुषण प्रदान गर्ने घोषणा गरेको छ ।

यसैगरी, पद्म भुषण पाउनेहरुमा ग्लोबल इलेक्ट्रोनिक्स फक्सकनका प्रमुख योङ लिऊ कलाकार मिथुन चक्रवर्ती र स्वर्गीय विजयकान्त, संगितकार प्यारेलाल शर्मालगायत १७ जना छन् ।

प्रतिक्रिया