२ मंसिर २०८१, आइतबार | November 18, 2024

मुख्यसचिव बैकुण्ठ अर्यालको पद धरापमा, अख्तियारले लियो बयान


January 25, 2024
1.7k
Shares

काठमाडौं, ११ माघ । मुख्यसचिव बैकुण्ठ अर्यालको पद धरापमा परेको छ । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामेक्स प्रकरणमा संलग्नताको विषयमा अख्तियारले बयान समेत लिएपछि पद धरापमा परेको हो ।
अर्याल सञ्चार सचिव हुँदा दूरसञ्चारसम्बन्धी टेरामेक्स प्रकरणमा मुछिएका छन् । यो प्रकरणमा अख्तियार लाग्ला भनेर अदालतबाट आदेश जारी गराउने चलखेल भएको थियो । पछिल्लो समय भ्रष्टाचारबाट बच्न ठेक्कापट्टा र खरिद प्रक्रियामा अदालतबाट आदेश जारी गराउने गतिविधि भइरहेको छ ।

टेलिकम क्षेत्रका माफियाले रुचाएकाले अर्यालको मुख्यसचिवमा नाटकीय नियुक्ति सफल भएको थियो । उनी सेवानिवृत्त हुनैलाग्दा तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले राजीनामा दिए । बैरागीको पनि व्यवस्थापन गरियो । अर्याल मुख्यसचिव भए ।

तर, अर्याल अहिले समस्यामा परेका छन् । टेरामेक्स २० असोज २०७४ मा ठेक्का खोलेकोमा २०७८ को मंसिरमा ठेक्का सम्झौता भएको थियो । त्यतिबेला बैकुण्ठ अर्याल सञ्चार सचिव थिए । यो ठेक्का प्रक्रियामा राज्यलाई अरबौको नोक्शान पुर्याइएको छ । आर्थिक प्रस्तावमा दोस्रो बढी कम प्रस्ताव गर्ने कम्पनीले हात पारेको थियो ।

टेरामेक्स प्रकरणमा मुछिएपछि पुरुषोत्तम खनालले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट राजीनामा दिइसकेका छन् । यो प्रकरण एनसेलसँग पनि जोडिएको छ ।

एनसेलको कर छली सफल बनाउने योजना मुताविक मुख्यसचिवमा अर्याललाई ल्याइएको खुल्दै गएको छ । सूचना प्रविधि क्षेत्रका जानकार र आइटी माफियासँग पनि साँठगाँठ भएकाले अर्याल ल्याइएको तथ्य उजागर भएपछि अख्तियार सक्रिय भएको हो ।

प्रतिक्रिया