६ आश्विन २०८१, आइतबार | September 23, 2024

रुस–युक्रेनको युद्धमा मारिएका युवाको शव नेपाल ल्याउन नसक्नु लज्जा:डा.भट्टराई


January 20, 2024
166
Shares

काठमाडौं,६ माघ । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रोजगारीको खोजीमा युद्धग्रस्त क्षेत्र रुस–युक्रेन पुगेका युवाहरुको शवलाई पनि स्वदेश ल्याउन नसक्नु राष्ट्रकै लज्जा भएको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै डा.भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

“रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो !”– उनले लेखेका छन्,“सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन।”

प्रतिक्रिया