७ आश्विन २०८१, सोमबार | September 23, 2024

चीनसँग फिलिपिन्सको बढ्यो टकराव


January 18, 2024
498
Shares

एजेन्सी, ४ माघ । फिलिपिन्ससँग चीनको सम्बन्ध चिसिएको छ । ताइवान मामलालाई लिएर दुई देशबीच सम्बन्ध चिसिएको छ । दुई देशका अधिकारीहरु एक अर्काको आलोचनामा उत्रिएका छन् ।

बुधबार मात्र फिलिपिन्सका रक्षासचिव गिलबेर्टो टेओडोरोले चीनसँग विगतमा झुकेको भन्दै आफ्नै देशका पूर्वराष्ट्रपति रोड्रिगे डुटेरटेको नाम लिएर विगतमा जस्तो नसम्झन चेतावनी दिए । उनले चीनको चर्को आलोचना गरेका छन् । डुटेरटोको चीनसँग झुकेको उल्लेख गर्दै त्यही शैलीको कुरा नगर्न भन्दै आलोचना गरेका हुन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले ताइवानका नवनिर्वाचित राष्ट्रपथि ले चिङ टे लाई बधाई दिएपछि नयाँ विवाद आएको छ । सरकारका प्रवक्ता माओ निङले राष्ट्रपति मार्कोसलाई इतिहासका पुस्तक पढ्न भन्दै आलोचना गरेका थिए । जवाफमा रक्षासचिव टेओडोरोले विगतमा गुटेरटोले जस्तै झुक्ने शैलीको कुरा नगर्न चेतावनी दिए ।

पछिल्लो समय फिलिपिन्स अमेरिकासँग निकै नजिकिएको छ । चीनका अधिकारीले फिलिपिन्सको नेतृत्वको शैलीलाई लिएर कडा अभिव्यक्ति दिइरहेका छन् । फिलिपिन्स पनि चीनसँग कडा रुपमा प्रस्तुत भइरहेको छ ।

फिलिपिन्सको चीनसँग साउथ चाइना सीका मामलामा विवाद रहँदै आएको छ । चीनको विस्तारवादी शैली भन्दै फिलिपिन्सलगायत दक्षिणपूर्वी एशियाका कतिपय देशले आलोचना गर्दै आएका छन् ।

अर्कोतर्फ, ताइवानसँग फिलिपिन्सको सम्बन्ध सुमधुर छ । त्यहाँ फिलिपिन्सका २ लाख नागरिक रोजगार छन् । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग भन्दै आक्रमणको धम्की दिदै आएको छ ।

 

प्रतिक्रिया