४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

पृथ्वीनारायणलाई राष्ट्रपिता मान्न केले छेक्यो ?


January 13, 2024
664
Shares

समाचार विश्लेषण । नेपाल त्यस्तो देश हो जस्को कुनै महापुरुष नै छैनन् जस्तो सन्देश गइरहेको छ । हरेक देशको नोटमा त्यहाँका महापुरुष, देश निर्माणकर्ता या राष्ट्रका नायकको तस्बिर राखिएको हुन्छ । नेपालको नोटमा भने वन्यजन्तु र हिमाल यस्तै भेटिन्छ ।

अमेरिकाको डलरमा जर्ज वासिङ्टन, अब्राहम लिंकन जस्ता उक्त देशका नायकहरुको तस्बिर राख्ने गरिएको छ । भारतीय नोटमा महात्मा गान्धीको तस्बिर हुन्छ ।

आधुनिक नेपालको निर्माता हुन् पृथ्वीनारायण शाह । उनलाई सरकारमा आउनेहरुले खासै सम्मान नै दिएनन् । कतिपयले त वाध्यताले मात्र फूल चढाउन पुगे ।

नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह वास्तवमा राष्ट्रपिता हुन् । तर, उनलाई आफ्नै दरसन्तानले बेवास्ता गरेका थिए । पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा पनि राखिएन । उनलाई राष्ट्रपिता मान्न केले छेक्यो र नोटमा उनको तस्बिर राख्न किन आनाकानी गरियो ?

प्रतिक्रिया