७ आश्विन २०८१, सोमबार | September 23, 2024

फेसबुकका संस्थापक अर्बपति जुकनवर्ग गाईपालनमा


January 13, 2024
1.5k
Shares

एजेन्सी, २८ पुस । गाईपालन कतिपयका लागि वाध्यता हुनेगरेको छ । तर, फेसबुकका संस्थापक अर्बपनि मार्क जुकनवर्ग व्यवसायिक गाईपालनमा लागेका छन् ।

जुकनवर्गले विश्वकै महङ्गो बिफ उत्पादन सुरु गरेका हुन् । अमेरिकाको हवाईस्थित कौआई क्षेत्रमा जुकनवर्गले गाईपालन सुरु गरेका हुन् । रोचक त यो छ कि उनले पालेका प्रत्येक गाईले वार्षिक ५ हजार देखि १० हजार पाण्ड अर्थात् नेपाली १५ लाख रुपैयाँसम्मको खानेकुरा खानेछन् ।

म्याकेडेमिया भन्ने एक प्रकारको पौष्टिकयुक्त बदाम खुवाएर गाई हुर्काउने गरी तयारी रहेको उल्लेख छ ।

जुकनवर्ग विश्वकै धनाढ्यमध्येका हुन् । उनीसँग १३० अर्ब डलर सम्पत्ति रहेको फोर्बसले उल्लेख गरेको छ । उनले आफ्ना मित्रसँग मिलेर फेसबुकको स्थापना गरेका थिए । फेसबुक मेटा कम्पनी अन्तर्गत रहेको छ ।

प्रतिक्रिया