७ आश्विन २०८१, सोमबार | September 23, 2024

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको ११ दिन अघिदेखि मोदीले लिए ब्रत


January 12, 2024
249
Shares

काठमाडौं, २७ पुस । अयोध्यामा ८ माघमा भगवान श्रीरामको मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रत सुरु गरेका छन् । उनले प्राणप्रतिष्ठाको ११ दिन अघि नै ब्रत सुरु गरेका हुन् ।

मोदीले ब्रत सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदी स्वयंले पनि ट्वीट गर्दै आफू श्रीराम मन्दिरको प्राणप्रतिष्ठानको दिन नजिकिदै गर्दा भावुक भएको लेखेका छन् ।

ब्रत सुरु गरेपछि मोदी निराहार बस्छन् । उनी दर्श अर्थात् नवरात्रीमा पनि १० दिनसम्म निराहार बस्ने गर्छन् ।

अयोध्यामा राम मन्दिरको निर्माणलाई मोदीले आफ्नो राजनीतिक जीवनकै ठूलो सफलता मानेका छन् । राम मन्दिर निर्माणमा विश्वभरका हिन्दूहरुले दान गरेका छन् । अहिलेसम्म ३० अर्ब भारुभन्दा बढी संलग्न भइसकेको जनाइएको छ ।

प्रतिक्रिया