७ आश्विन २०८१, सोमबार | September 23, 2024

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती भव्यताका साथ मनाइँदै


January 12, 2024
249
Shares

काठमाडौं, २७ पुस । आज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती देशभित्र र बाहिर नेपालीहरुले भव्यताका साथ मनाइरहेका छन् । आधुनिक नेपाल राष्ट्रका निर्माणकर्ता पृथ्वीनारायण शाहलाई विश्व इतिहासमा साहसी महापुरुषको रुपमा पनि चिनिन्छ ।

भारतवर्षमा इस्लाम र पछि इशाईहरुले आधिपत्य जमाउँदा पनि नेपाललाई कसैको पराधीन हुन नदिन पृथ्वीनारायण शाहले एकीकरण गरेका थिए । पृथ्वीनारायण शाहले इस्लाम आक्रमणकारीलाई नेपाल प्रवेश गर्न खोज्दा धुलो चटाएका थिइ । भारतमा आक्रमण गरेर आधिपत्य जमाउन सफल भएको इशाईहरुलाई पनि नेपाल छिर्न रोकेका थिए ।

गोरखपुरमा अवस्थित गोरखनाथ मठका गुरुका उत्कृष्ट चेला थिए पृथ्वीनारायण शाह । विद्धान र सुरवीर भएकाले पनि उनलाई हिन्दु धर्मगुरुहरुको साथ थियो ।
विश्वभर हिन्दुराज्यहरु इस्लाम र इशाई आक्रमणकारीहरुबाट पराजित हुँदा पृथ्वीनारायण शाहले नेपाललाई उपनिवेश हुनबाट जोगाएका थिए । यसकारण पनि नेपाल पवित्र हिन्दुराज्यका रुपमा पुजियो ।

प्रतिक्रिया