३ आश्विन २०८१, बिहिबार | September 19, 2024

यी हाइप्रोफाइललाई अयोध्या मन्दिरको प्राणप्रतिष्ठामा किन निम्तो आएन


January 10, 2024
6.1k
Shares

काठमाडौं, २५ पुस । अयोध्यामा ८ माघमा मन्दिरको प्राणप्रतिष्ठा गरिने भएको छ । अयोध्याको कार्यक्रममा नेपालबाट पनि सन्तहरुलाई निम्तो गरिएको छ । केही नाम चलेका राजनीतिज्ञ समेत निम्ता गरिएका छन् । तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कोही पनि निम्ता गरिएनन् ।

अयोध्याको प्राण प्रतिस्थापनको कार्यक्रम भारत सरकारले नभई आध्यात्मिक समूहले आयोजना गर्न लागेको छ । यसकारण पनि नेपालबाट उच्च अधिकारी निम्तो पाउनेमा परेनन् ।

अर्कोतर्फ, नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु धर्मनीरपेक्ष पक्षधर हुन् । हिन्दू धर्मालम्बीको जिम्मेवार कमिटिले धर्मनीरपेक्ष हिन्दू धर्मविरुद्धको गतिविधिका लागि तयार गरिएको अस्त्रका रुपमा बुझेका छन् । संस्कृतिमन्त्री सुदन किराँतीले त खुलेआम आफू इशाई जसरी बोलिसकेका छन् ।

अयोध्यामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि निम्तो गरिएनन् । योगी आदित्यनाथ समेत पुग्ने कार्यक्रममा पूर्वराजालाई निकै माथिको सम्मान दिन पोर्टफोलियोको विषय पनि आएको बुझिएको छ । योगी आदित्यनाथले पूर्वराजालाई निकै सम्मान गर्ने गरेका छन् ।

प्रतिक्रिया