६ आश्विन २०८१, आइतबार | September 23, 2024

सरकारले रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक लगायो


January 4, 2024
83
Shares

काठमाडौं,१९ पुस । नेपाल सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको जानकारी पछि दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

विभागले एक सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको जनाएको छ ।
रुसी सेनामा गएर ९ जना नेपालीको मृत्यु भएको छ ।

 

प्रतिक्रिया