६ आश्विन २०८१, आइतबार | September 22, 2024

आगजनी गर्नुपर्ने परिस्थितिको जिम्मेवार सरकार नै हो : रायमाझी


December 29, 2023
5.8k
Shares

प्रकाश रायमाझी । काठमाडौं,१३ पुस । सर्वहाराको खोल ओडेको कथित प्रचण्ड सरकारले रोजगारीको अवसर नपाएर छटपटेका युवाहरू माथि अत्यन्त क्रुर ढङ्गबाट आज बालकुमारी क्षेत्रमा ’इपिएस’ परीक्षामा समावेश हुन चाहने परीक्षार्थीहरू माथि अन्धाधुन्द गोली प्रहार गर्नु घोर निन्दनीय र भत्सनीय छ।

युवाहरूको मनमा दया र करुणा थिएन भने मन्त्री सवार गाडीका सबैलाई ओरालेर आक्रोशको रुपमा मात्र गाडीमा आगजनी किन गर्थे ?? त्यो सामान्य अवस्थामा ती युवाहरू माथि गोली बर्साउनु पर्ने थिएन । सरकारले परीक्षामा सबैलाई समावेश गरेर सम्बन्धित देशको आवश्यकता अनुसार अहिले पठाउने र पछि अरुलाई व्यवस्थापन गर्न पनि सकिन्थ्यो ।

यो सामान्य घटनालाई समाधान गर्न नसक्ने निकम्मा सरकारलाई जति घृणा गरे पनि कम हुन्छ । आन्तरिक रोजगारीको अवस्था बन्द हुनु, नागरिकहरू राज्यबाट असुरक्षित हुनु । त्यति मात्र होइन दण्डहिनताको कारण नै यो प्रतिनिधि घटना उत्पन्न भएको छ । सर्वहाराका नारा लगाउने दलालहरुले राज्य दोहन गर्नमा उद्दत भएको कारण विदेशीन रोजगारीका लागि बाध्य बनाइएको छ । साथै मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारमा ध्यान दिओस् । आगजनी गर्नुपर्ने परिस्थितिको जिम्मेवार सरकार नै हो।

त्यसैले ती पक्राउ परेका युवाहरुलाई पनि बिना शर्त रिहा गरोस्। रगतको आहालमा डुबेको यो सरकारले निर्ममतापूर्वक निशस्त्र दुई छाक गाँसको जोह गर्न रोजीरोटीको लागि भौतारिएका युवाहरू माथि गोलीको वर्षा गर्नु कुनै नौलो कुरा होइन् । आतंकको बलमा राज्य कब्जा गरेको सत्तासिनहरूबाट अझै कयौं नेपालीहरू यस्तै घटनामा ज्यान गुमाउनुपर्ने हो ?? देशभित्र शान्ति सुरक्षा, अमनचैनको वातावरण नहुनु यसको मुख्य जिम्मेवार को हो??

राहत नपाएर जनता भोकभोकै मर्नुपर्छ, कतै गोकर्ण रिसोर्टमा भोजमा सरकार अव्यस्त हुन्छ । यो कथित प्रवृत्तिको अन्त्य नभएसम्म मुलुकबासीले शान्तिको सास फेर्न पाउने छैनन् । लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।

प्रतिक्रिया