४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

घर जग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल !


December 29, 2023
83
Shares

काठमाडौं,१३ पुस । सरकारले चालु आर्थिक वर्षको पूँजिगत खर्च बढाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएका छन् ।

काठमाडौंमा जारी आठौं घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन रहेको बताउनु भयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन्द्र मल्लले घर जग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल बन्ने बताउनु भयो ।

पौष १५ गतेसम्म सञ्चालन हुने मेला नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा शुरु भएको हो । मेलाले क्रेता र बिक्रेताहरुबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखिएको छ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको छ ।

मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरु रहेको छ। मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ । मेलाबाट २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया