३ आश्विन २०८१, बिहिबार | September 19, 2024

डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगमा विद्युत आपूर्ति नगर्ने कुलमानको अडान


December 28, 2023
249
Shares

काठमाडौं, १२ पुस । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएर महशुल नतिर्ने उद्योगहरुको दबाब सामु पछि नहट्ने अडान सुनाएका छन् । उनले बिहिबार पत्रकार सम्मेलन गरेर २२ अर्ब महशुल यस्ता उद्योगमार्फत् उठान बाँकी रहेको समेत बताए ।

९ उद्योगको लाइन काटिएको र महशुल नतिर्ने थप उद्योगको लाइन काटिने समेत बताए । उनले आफूमाथि विभिन्न माध्यमले दबाब बढाउन खोजिएको समेत खुलाए ।

२०६० देखि २०६५ सालभित्र अत्याधिक रुपमा असमान विद्युत वितरण भएको र त्यसको कारण पनि डेडिकेटेड र ट्रंक लाइन नै भएको उनको भनाई थियो ।

उद्योगहरुले सब स्टेसनबाट २२ केभीएका लाइनमार्फत् २४ घन्टा नै बिजुली लगेर विभिन्न उद्योगले असमान वितरणको अवस्था बनाएर लोडसेडिङ भएको समेत कुलमानले खुलाए । उद्योगहरुले ट्रक लाइनमार्फत् विद्युत लग्दा प्राधिकरणको नियन्त्रणबाहिर रहने गरेको समेत खुलाए ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बनाउन नै बन्द गरेको र पछि प्रिमियम चार्ज लिएर ग्राहकलाई बिजुली दिने प्रतिवेदन पेश भएको उनको भनाई थियो ।

प्रतिक्रिया