६ आश्विन २०८१, आइतबार | September 22, 2024

कांग्रेस बागमतीको प्रथम सम्मेलनमा विभागले स्वास्थ्य शिविर सञ्चालन गर्ने


December 16, 2023
5k
Shares

काठमाडौं, ३० मंसिर । आगामी पौष ७ गते नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेशस्तरीय प्रथम सम्मेलन आयोजना गरेको छ ।

प्रथम बाग्मती प्रदेश सम्मेलनमा कांग्रेस बाग्मती प्रदेश स्वास्थ बिभागले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

आज बसेको बैठकले रक्तदान,स्वास्थ्य जाँच र दन्त परीक्षण जस्ता स्वास्थ्य सेवा दिने निर्णय गरेको कांग्रेस बाग्मती प्रदेश स्वास्थ बिभाग कार्यसमिति प्रमुख डा.अमितसिंह कार्कीले बताउनु भयो ।
कांग्रेस बाग्मती प्रदेशको कार्य सम्पादन समितिको बैठकले पहिलो सम्मेलन पौष ७ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोवकत्व तथा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको सम्मेलन मुल आयोजक समिति गठन गरिएको छ ।

पहिलो सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

प्रतिक्रिया