६ आश्विन २०८१, आइतबार | September 22, 2024

थुनामुक्त भए बालकृष्ण खाण


December 15, 2023
498
Shares

काठमाडौं, २८ मंसिर । पूर्वगृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका उनलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्‍याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो ।

बिहिबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो । १ असारमा काठमाडौं जिल्ला अदालतले खाणलाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

खाणसहित २० जना आरोपीहरुले थुनामुक्त भई मुद्या लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएकोमा केहीलाई थुनामुक्त गर्न आदेश आएको थियो । खाणको हकमा न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशले नयाँ आदेश दिएका हुन् ।

 

 

 

 

प्रतिक्रिया