३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ज्यान मुद्यामा एमाले सांसद लक्ष्मी कोइरीलाई सफाइ


December 14, 2023
996
Shares

काठमाडौं, २८ मंसिर । नेकपा एमालेका निलंबित सांसद लक्ष्मी कोइरीले कर्तव्य ज्यान मुद्यामा सफाइ पाएका छन् । बिहिबार जिल्ला अदालत महोत्तरीले कर्तव्य ज्यान मुद्यामा सफाइ दिएको हो ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरीका अलावा पवन कापरलाई सफाइ दिएको हो । यो मुद्यामा अन्य ७ जनालाई भने जन्मकैदको फैसला भएको हो ।

कोइरीमाथि सशस्त्रका प्रहरी असई थमन विकको हत्याको आरोप थियो । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७६ मा थमनको निर्ममतापूर्वक हत्या भएको हो ।

कोइरी मंसिर ४ को चुनावमा एमालेबाट महोत्तरी १ बाट निर्वाचित भएका हुन् । उनी ज्यान मुद्यामा फरारको सूचीमा थिए ।

प्रतिक्रिया