८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

बैंकहरुको ब्याजदर घट्ने


December 8, 2023
249
Shares

काठमाडौं, २२ मंसिर । बैंकहरुको ब्याजदर घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकहरुलाई ब्याजदर घटाउने दबाब सृजना भएको हो ।

राष्ट्र बैंकले बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाउँदा नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएको हो । केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्ष्ँेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरेको छ ।

बैंकहरुको निक्षेप र कर्जाको ब्याजदर बढ्दा आर्थिक कारोबार नै सुस्त भएको छ । लगानीकर्ताहरु निरुत्साहित भएका छन् भने पुराना लगानीकर्ता धमाधम डुबिरहेका छन् ।

मौद्रिक नीतिमा घरजग्गा र शेयर धिताको कर्जाको जोखिमभार घटाइएको छ ।

प्रतिक्रिया