३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एनसेललाई कारबाही गर्नुपर्नेमा छानविन समिति बनाएर सामसुम पार्ने चलखेल


December 7, 2023
2.1k
Shares

काठमाडौं, २१ मंसिर । एनसेल अरबौं घोटाला प्रकरण सामसुम पार्ने चलखेल भएको छ । एनसेलले सिधै कर छली गरेर प्रष्ट हुँदा सरकारले एउटा छानविन समिति बनाएर घटनालाई सामसुम पार्ने चलखेल भएको हो ।

पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा छानविन समिति गठन भएको हो । मन्त्रिपरिषदको बैठकले गठन गरेको समिति सदस्यमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चारका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा अध्यक्ष रवि लामिछानेलगायतलाई व्यवस्थापन गरेर एनसेल प्रकरण भएको सनसनीपूर्ण खुलासा भइरहँदा यसलाई सामसुम पार्न पछिल्लो कदम चालिएको विश्लेषण भइरहेको छ ।

एनसेल माफियाले नै मुख्यसचिवमा बैकुण्ठ अर्याललाई योजनावद्ध तरिकाले ल्याएको नेपाल पेनले खुलासा गरिसकेको छ ।

यो प्रकरणमा मिडिया व्यवस्थापन गर्ने र सामसुम पार्ने खेलमा गिरोह नै सक्रिय भएको छ ।

प्रतिक्रिया