१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश


December 2, 2023
166
Shares

काठमाडौं, १६ मंसिर । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको २८ करोड ठगी प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्लाको फैसला उल्टाउँदै पुर्पक्षका लागि थुनामा रहेकामध्ये ६ जनालाई धरौटी लिएर छाड्न आदेश दिएको छ । धरौटीमा छाड्न आदेश दिइएकामा भुटानी शरणार्थी नेता टेकनाथ रिजालदेखि पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका पीए नरेन्द्र केसीसम्म छन् । रिजालसँग १५ लाख धरौटी लिएर छाड्न आदेश दिइएको छ । केसीको हकमा भने १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण

त्यसैगरी, हरिभक्त महर्जनलाई १५ लाख धरौटी, मुस्लिम आयोगका अध्यक्ष शमशेर मियाँलाई १० लाख, एमाले नेता तथा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका बहालवाला सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटी र रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

त्यसैगरी, यसअघि धरौटीमा रिहा भएकी नेपाल प्रहरीकी सई लक्ष्मी महर्जनलाई भने यसअघिको ५ लाख धरौटी फिर्ता गरेर साधारण तारेखमा राख्न आदेश दिइएको छ । आशिष बुढाथोकीको हकमा पनि साधारण तारेखमा राखेर मुद्दाको किनारा लगाउन आदेश दिइएको छ । टंक गुरुङको हकमा यसअघि लिइएको १० लाख रुपैयाँ धरौटीको जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको किनारा लगाउन आदेश दिइएको छ । केशव तुलाधरको हकमा पनि यसअघिको १५ लाख धरौटीको आदेश बदर गर्दै साधारण तारेखमा र�

प्रतिक्रिया