४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचण्ड दुबई हुँदा एनसेलको खरब रकममा चलखेल


December 1, 2023
1.7k
Shares

काठमाडौं, १५ मसिर । यतिबेला प्रधानमन्त्री प्रचण्ड दुबईमा छन् । ठिक यही बेलामा मलेशियाको कम्पनी अजिएटा एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा विक्री गरेर बाहिरिएको छ । एनसेलको ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा विक्री गरेको देखाएर ठूलो कर छली भएको छ ।

अजिएटाले १ खर्ब ४३ अर्बमा किनेको शेयर १ खर्ब ३५ अर्ब ३५ करोडमा विक्री गर्नुमा ठूलो अनियमितता छर्लंग छ । झण्डै दुई खर्ब रकमको शेयर विक्रीवापत् तिर्नुपर्ने आधा खर्ब कर छल्न यसो गरिएको हो ।

बेलायतमा खडा गरिएको कम्पनी स्पेक्ट्रलाइट यूकेले एनसेलको ८० प्रतिशत शेयर खरिद गरिएको उल्लेख छ । उक्त कम्पनीका सञ्चालक शतिशलाल आचार्य हुन् । यो सबै खेल सफल बनाउन ठूलै पैसा खर्च भएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड दुबई जानु र मलेशियाली कम्पनीले शेयर विक्री गर्नु संयोग मात्र नभएको बुझिएको छ । एनसेलले मुख्य दलका नेताहरुलाई ठूलो रकम बुझाएर गडबडी गर्दै आएको थियो ।

विगतमा पनि उसले ठूलो मात्रामा कर छली गरेको थियो । यसपटक कर छलीलाई सफल बनाउन एनसेलको शेयरको मूल्य नै कम बनाइयो । घोषित रुपमा ८० प्रतिशत शेयरको ६ अर्ब ६५ करोड निर्धारण गरिएपनि अरबौं रकम विदेशमै हिसाब मिलान गरिएको छ । यसका लागि टेलिकम माफियाहरु दुबईमा नै रहेको विश्वस्त स्रोतले बताएको छ ।

रोचक त यो छ कि प्रचण्डसँग एनसेलसँग जोडिएको महतो परिवारका सदस्य वीरेन्द्र महतो पनि पुगेका छन् । उनी वनमन्त्रीका रुपमा त्यहाँ रहेका हुन् ।

प्रचण्डको रहस्यमयी विदेशयात्रा, एनसेलबाट ८० प्रतिशत शेयर बेचेर यसरी भाग्दैछ मलेशियन कम्पनी अजियाटा

प्रतिक्रिया