१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको रहस्यमयी विदेशयात्रा, एनसेलबाट ८० प्रतिशत शेयर बेचेर यसरी भाग्दैछ मलेशियन कम्पनी अजियाटा


November 29, 2023
1.2k
Shares

काठमाडौं, १३ मंसिर । देशमा कर छलेर राजनीतिक देखि न्यायालयका शक्तिशाली व्यक्तिलाई प्रभावित पार्ने कम्पनीका रुपमा एनसेलले कुख्याती कमाएको छ । उसले आफ्नो कर्तुतको ढाकछोप गर्न हरेक क्षेत्रको मुख बुझो लगाउन पैसाको दुरुपयोग गरेको छ ।

नेपाली जनताको अरबौंको रकम कुम्ल्याएर एनसेलले कर छली गर्दा पनि मुख्य दलका नेता चुप लाग्नुमा कमिशन पाउनु नै हो । यतिसम्मकी अदालतका भ्रष्ट न्यायाधीशहरुलाई पनि एनसेलले खरिद गरेको छ ।

एनसेलको ८० प्रतिशत शेयर मलेशियन कम्पनी आजियाटाको नाममा छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको परिवारका सदस्यबाट ८० मध्ये २० प्रतिशत शेयर माग गरिएको छ । यसकारण पनि प्रचण्डको सपरिवार दुबई भ्रमण रहस्यमी बनेको छ ।

दुबईबाट प्रचण्डको परिवारले ल्याउन नसकेको ४९ अर्ब रकम उतै मिलाउन खोजिएको विश्वस्त स्रोतले बताएको छ । दुबईमा निर्माण क्षेत्रमा आजियाटाको लगानी रहेकाले उतै उक्त रकमको हिसाब मिलाउन खोजिएको बुझिएको छ ।

कुनैबेला दुर्गा प्रसाईँ र प्रचण्ड पुत्र प्रकाशबीच व्यापारिक साझेदारी थियो । प्रसाईँको पनि विदेशमा ठूलो रकम रहेको छ । त्यो रकम अब उतै मिलाउन खोजिएको छ ।

विश्वस्त स्रोतका अनुसार एनसेलसँग प्रचण्ड परिवारको विशेष सम्बन्ध छ । नेपालका केही धनाढ्यहरुको समेत लगानी रहेको एनसेलले कर छली गर्दा पनि राज्यले केही कदम चाल्न नसक्नुमा प्रचण्डकै साथ रहनु हो । विदेशमा समेत मुद्या दायर गरेर एनसेलले आफ्नो पल्लाभारी गरेको छ । राज्यले अरबौं गुमाउँदा नेता देखि भ्रष्ट न्यायाधीश र वकीलहरुले ठूलो रकम जोहो गरेका छन् ।

रोचक त यो छ कि नेपालका भ्रष्ट नेता, कर छल्ने व्यापारी र जिम्मेवार अधिकारीको धन विदेशमै रहनेछ । यसकारण पनि देशमा पैसाको हाहाकार भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया