४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

एनसेलको अरबौं काण्डमा यसकारण बोल्दैनन् रवि लामिछाने


December 1, 2023
4.3k
Shares

काठमाडौं, १५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने भ्रष्टाचारका कतिपय विषय उठाएर चर्चामा आए । तर, उनले एनसेलको अरबौंको कर छलीमा मौनता राख्नुलाई रहस्यमयी बनाएको छ ।

लामिछानेले एनसेलको अरबौं कर छली प्रकरण मात्र होइन अजियाटाका नाममा देशबाट ठूलो रकम बाहिर लगिने चलखेलबारे पनि बोलेका छैनन् । उनले केही नबोल्नुमा चुनावमा प्राप्त भएको चन्दा हो ।

विश्वस्त स्रोतका अनुसार एनसेलबाट ठूला नेताहरुलाई चुनाव खर्च पुगेको थियो । अरबौं चुनाव खर्च बाँडेर एनसेलले धेरैको मुख बन्द गरिदियो ।

एनसेलले अब यही मौकामा आफ्नो हिसाब मिलाउन देखि अजिआटालाई बिदाई गरेर रकम विदेश लाने मात्र होइन नेताहरुलाई कमिशन पनि बाँड्ने योजना बुनेको छ ।

अब अजिआटा गएपछि एनसेलमा सतिशलाल आचार्य समूहले उपेन्द्र महतो मात्र नभई बिनोद चौधरीलगायतलाई शेयर दिने र त्यसपछि आइपिओ खोल्ने योजना बनाइसकेका छन् । जनताको धनमा मस्ती मार्ने गतिविधि फेरि चलिसकेको छ ।

यसगरी, रवि लामिछानेले डेडिकेटेड फिडरको नेपाल विद्युत प्राधिकरणलाई महशुल नतिर्ने ठूला व्यापारीबारे पनि केही बोलेका छैनन् । न त उनको दलका कुनै सांसदले बोलेका छन् । २० अर्बभन्दा बढी महशुल नतिर्नेबारे पनि लामिछाने नबोल्नुमा रहस्यमी बनेको छ ।

प्रतिक्रिया