सेटिङमा न्यायालय पंगु बनाउने संगठित समूह
आलोक गौतमः देशको सर्वोच्च अदालतका न्यायाधीश अर्थात् न्यायमूर्ति बन्न अन्याय नै अन्यायको पहाडमा टेकेकाहरुबीच तछाडमछाड हुँदै आएको छ । अदालत जस्तो गरिमामयी संस्थालाई नै दूषित बनाउने यस्ता गतिविधिमा राजनीतिक दलका मुख्य नेता देखि सर्वोच्च अदालतकै जिम्मेवार न्यायाधीशहरु देखिएका छन् । कतिपय अवस्थामा पूर्व प्रधानन्यायाधीशहरु पनि आफू अनुकूलकालाई न्यायाधीश बनाउन नैतिक मूल्य मान्यतालाई नै तिलाञ्जली दिन पछि पर्दैनन् । यस्तै भएको छ पछिल्लो पटक ६ न्यायाधीश नियुक्तिको सिफारिशमा । यसका पछाडि ठूलै चक्रव्यूहको रचना गरिएको छ । यो चक्रव्यूह इगो, लालच र राजनीतिक हस्तक्षेपबाट रचना भएको हो ।
न्यायाधीश नियुक्तिको चक्रव्यूहमा को को
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई २०३९ चैतका एकै लटमा अधिकृत हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवा प्रवेश र उमेर दुवै हिसाबले उनीहरूभन्दा कान्छा छन् ।
श्रेष्ठभन्दा ७ महिना र भट्टराईभन्दा ३ महिना जेठा खतिवडा आफूलाई श्रेष्ठभन्दा सिनियर सम्झोर हावी भइरहेका छन्। उदयपुरमा जन्मेका खतिवडाको परिवार, आफन्त र सङ्गत कम्युनिष्ट र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रैष्ठ र न्यायाधीश आनन्दमोहन भट्टराईको पारिवारिक पृष्ठभूमि काँग्रेसी हो । श्रेष्ठ र भट्टराई न्याय सेवाको अधिकृत, जिल्ला, पुनरावेदन हुँदै अहिलेको पदमा पुगेका हुन् भने खतिवडाको पृष्ठभूमि सरकारी वकिल हो ।
न्यायाधीश बनाउँदा एलएलएम गरेको र सहन्यायाधिवक्ता भइसकेको आफूलाई १ वर्ष ९ महिनापछि अधिकृत बनेको विश्वम्भरभन्दा वरियतामा तल पारिएकोमा ईश्वर न्याय परिषद्सँग असन्तुष्ट थिए । धेरै प्रयासका बाबजुद पनि यो वरियता ब्रेक गर्न सकेनन् । २०६२ माघमा पुनरावेदनको न्यायाधीश सिफारिस गर्दा त यो निकै मजबूत भयो । ईश्वरको यही लघुताभाष स्थायी इगोमा परिणत भयो । न्यायाधीशहरूको जमघटको बेला वा आफूसँगको भेटघाटमा ईश्वरले असन्तुष्टि पोख्दै आए ।
अपूर्व संयोग
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाका छोरा अपूर्व खतिवडा पेसाले वकील हुन् । एकै छतमुनि एकै भान्साको खाना खाने सहोदर बाबुछोरामध्ये एकको न्याय सम्पादन र अर्कोको वकालत । न्यायिक संस्कार र आचारसंहिताका हिसाबले यो अमिल्दो हो । २०६७ सालमा वकालतको लाइसेन्स लिएका अपूर्व सुरुमा शिक्षण पेसामा थिए । चक्रवर्ती हबी कलेजमा पढाउने अपूर्व २०७२ मा बाबु सर्वोच्चको न्यायाधीश बनेपछि वकालतमा जम्न थाले । बाबुको आडमा अपूर्वको प्रभाव बढ्दै गयो ।
सिन्डिकेटको दलदलमा फसेको बारका जिम्मेवार व्यक्तिहरु केबल सेटिङमा रमाए । सर्वोच्चका अन्य न्यायाधीशका छोरा-छोरी, श्रीमती वा आफन्तको घर (अदालत) लफर्मको साझेदारी यसरीनै फलिफाप हुँदै आएकोले बार र श्रीमानहरूको नजरमा यो न्यायिक निष्ठा, नैतिकता र आदर्श अन्तर्गत नै गनियो । ठूला आर्थिक लाभका मुद्दामा अपूर्व वकीलका रुपमा देखिन थाले । यसको कारण हो ईश्वरको आशिर्वाद पाउने लालसामा हरिहर दाहाल, शम्भु थापा, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, कृष्ण सापकोटा लगायतको सिण्डिकेट । आफूले हेरेका मुद्दाहरूमा अपूर्वलाई पनि वकील राख्न सुझाउन थाले उनीहरु। यतिसम्मकी न्यायाधीशको स्वार्थ मिल्ने गरी वकील राख्ने रणनीति चलिरह्यो । सफल वकील बन्न न्यायाधीशहरुसँग साँठगाँठ या नजिकको सम्बन्ध रहेको मापदण्ड हुनपर्ने अवस्था बनाइयो ।
न्यायाधीशको आकांक्षी विजयप्रसाद मिश्र, सुनिलकुमार पोखरेल, आशिष अधिकारी, बालकृष्ण ढकाल, सुभाष आचार्य, मेघनाथ पोखरेल, चन्द्रकान्त ज्ञवाली, परसुराम कोइरालाजस्ता अधिकांश वकीलहरूका मुद्दामा पनि अपूर्व खतिवडा भटाभट थपिन थाले । भविष्यमा न्यायाधीश बन्ने सपना देख्ने वरिष्ठदेखि कनिष्टसम्मका वकीलहरू अपूर्वसँग नजिकिन र उनलाई मुद्दा सिफारिस गर्न तँछाड मछाड गर्न थाले । अपूर्व उपस्थित भएका मुद्दा जिताइदिने सम्मको गतिविधि हुन थाले । न्याय प्राप्तिको यो अपूर्व ट्रेन्ड देखेका झगडियाहरू स्वयं न्यायाधीशको छोरालाई वकील राखे मुद्दा नबिग्रने लालसामा उनकोमा लाइन लाग्न थाले ।
पछिल्लो ८ वर्षयताको आदेश र फैसलाको अनुपात हेर्दा राजस्व न्यायाधीकरण, जिल्ला, उच्च, विशेष र सर्वोच्च अदालतका ठूला बिगो भएका राजस्व, भन्सार, करछली, करार, कम्पनीजस्ता मालदार मुद्दाहरूमा तथाकथित नाम चलेका वकीलहरूभन्दा अपूर्वको वकालतनामाको अनुपात बढी पाइन्छ । अदालतहरूमा उनको उपस्थिति मात्रैले पनि अधिकांश मुद्दामा धरौटीको आदेश वा कि सफाइ कित सजाय वा जरिबाना कम गर्ने गरी फैसला हुने गरेको अनुसन्धानबाट देखिन्छ ।
२०६८ देखि ७१ सम्म भाञ्जीज्वाइँ डालकुमार खड्का र साँढू उज्वल शुक्ल वकीलहरूको सिन्डिकेटबाट दीपककुमार कार्कीले प्रभाव नै बनाएका थिए । त्यसलाई पनि माथ गर्नेगरी पछिल्लो समय टेकप्रसाद ढुङ्गाना राजस्व न्यायाधीकरणको अध्यक्ष भएयताका महानिर्देशको निर्णय उल्टेका वा कर, राजस्व, कैद वा जरिबाना घटाइएका ७० प्रतिशतभन्दा बढी मुद्दाहरूमा अपूर्व खतिवडाको वकालतनामा पाइन्छ । त्यसैगरी श्रीकान्त पौडेलको बेञ्चले धरौटीमा छाडेका, सफाइ दिएका वा सजाय घटाएका बहुल मुद्दाहरूमा अपूर्वको संलग्नता देखिन्छ । उच्च अदालतको अवस्था पनि उही छ ।
अपूर्वले हेरेका मुद्दाहरूमा महेश शर्मा पौडेलको इजलासबाट पनि सोही प्रवृत्तिको तथ्यांक भेटिन्छ। हालै भएको सर्वोच्चका न्यायाधीश र उच्चका मुख्य न्यायाधीशको नियुक्तिमा अपूर्व फ्याक्टरले भूमिका खेलेको कानूनव्यवसायीहरू बताउँछन् । यसको पुष्टि ठाडै संविधान मिचेर भएपनि न्याय परिषद नियमावली संसोधन गरी वरिष्टता मिची टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेललाई सर्वोच्च र श्रीकान्त पौडेललाई मुख्य न्यायाधीश बनाउन भएको चलखेल नै हो।
टेकप्रसादलाई टेको
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा पवनकुमार ओझा, माधवकुमार नेपालकालमा डा. भरतबहादुर कार्की र ओलीकालका हरिकृष्ण कार्की महान्यायाधिवक्ताको पदमा बहाल रहेकै बेलामा सर्वोच्चको न्यायाधीश बनेको नजिर देखाउँदै पदमा रहँदा रहँदै सर्वोच्चमा जाने महान्यायाधिवक्ता दिनमणि पोखरेलको बालहठलाई ईश्वर खटिवडाले असफल बनाइदिए । यसको भित्री कारण हो महान्यायाधिवक्ताको पोर्टफोलियो सर्वोच्चको न्यायाधीशसरह हुने भएकोले टेकप्रसादको रोलक्रम भत्किने भयनै थियो । माओवादी भित्र वर्षमान पुन र जनार्दन शर्माबीचको खुट्टा तानातानको फाइदा यसपटक टेकप्रसादले राम्रैसँग उठाए ।
उच्चको न्यायाधीशको १ नं। मा रहेका थारू समुदायबाट बढेका सत्यमोहन जोशी र ३ नं. मा

