३ आश्विन २०८१, बिहिबार | September 20, 2024

एसडी मुनीलाई नेपालमा गणतन्त्र समाप्त हुने चिन्ता


November 26, 2023
166
Shares

काठमाडौं, १० मंसिर । भारतका प्राध्यापक एस डी मुनीले नेपालमा गणतन्त्रको पक्षमा ट्वीट गरेका छन् । उनले नेपालमा गणतन्त्रका लागि युवाहरुले संघर्ष गरेको नभुलेकोमा आफू ढुक्क भएको उल्लेख गरेका छन् ।

मुनीले ३० वर्ष र त्यसभन्दा माथि उमेरकाले राजतन्त्र र शाही परिवारका सदस्यहरुको भ्रष्टाचारविरुद्ध काठमाडौंको सडक र नेपालका विभिन्न भागमा भित्तामा लेखेको नबिर्सेकोमा आफू निश्चिन्त भएको भनेका छन् ।

एसडी मुनी नेपालमा गणतन्त्र ल्याउन सहयोगी भूमिका निभाउने मध्येका हुन् । उनी नेपाल मामलाका जानकार पनि हुन् । पछिल्लो समय नेपालमा गणतन्त्र विरोधी जनमत बढिरहँदा मुनी चिन्तामा परेका छन् ।

प्रतिक्रिया