६ आश्विन २०८१, आइतबार | September 22, 2024

‘आतंककारी सरकारले जनताको आवाजलाई दबाउन सक्दैन’


November 21, 2023
415
Shares

काठमाडौं,५ मंसिर । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले संघीयता,धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रको नाउँमा देशमा ब्रम्हलुट मच्चाइरहेको टिप्पणी गरेका छन् । राजनीतिक दलका माफियाहरुलाई जनताले अब ठेगान लगाउने पनि उनको भनाइ छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै रायमाझीले नेताहरुको संरक्षणमा संचालन भएका बैंक तथा वित्तीय संस्थाहरूको माफिया धन्दाले उद्योग कलकारखाना व्यवसाय गरी गुजारा गर्नेहरुलाई सडक छाप बनाएको आरोप लगाएका हुन् ‌।

“रातदिन मेहनत गरेर दुई छाक टार्न एकातिर धौधौ परेको छ भने अर्कोतर्फ नेपालीको रगत पसिनामा लुट मच्चाउनेहरुको भने चारैतिर बोलबाला छ ।”–उनले विज्ञप्तीमा लेखेका छन् ।

राज्यसत्ता आतंककारी र माफियाहरुले कब्जा गरेकै भन्दै सोही कारण जनता निराश भएर मातृभूमि छोडेर दैनिक हजारौं हजारको संख्यामा बिदेशिन बाध्य भएको उनको तर्क छ ।

लेखक समेत रहेका रायमाझीले सरकारको कर आंतककै कारण व्यवसायीहरु व्यवसाय बन्द गरेर बेरोजगार हुन परेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–“गरि खानेहरुलाई पनि राज्यको कर आतंकबाट जीवन गुजारा गर्न नसकेर व्यवसाय बन्द गरेर बेरोजगार भई छट्पटिनु परेको छ‌। यस्तो व्यवस्था र तिनै माफिया नेताहरूको मनोमानीमा चल्ने शासन प्रणाली नेपाली जनताले खोजेका होइनन् । राज्य आतंकको बलमा कब्जा गरेका आतंककारी र तीसौं वर्षदेखि देश लुटदै उन्मत्त भएका राजनीतिक आवरणका माफियाहरुले नेपालको अस्तित्व नै मेटिने अवस्थामा पूराउदैछन् ‌। भ्रष्टाचारले देश आक्रान्त बनेको छ,माफियाहरूको हातमा राष्ट्रको ढुकुटी पुगेको छ ।”उनले लेखेका छन्,“अब जनताले आफ्नो अधिकारको रक्षा गर्न र नेपाली हुनुको गौरव खोज्न यस्ता माफियाहरूको अकुत सम्पत्ति राष्ट्रियकरण गरेर देशभित्रै उद्योग कलकारखाना व्यवसाय, स्थापना गरेर आत्मनिर्भर बन्ने वातावरण बनाउन पनि लड्नै पर्ने भएको छ ।”

सम्पूर्ण विदेशमा रहेका नेपालीहरुलाई समेत स्वदेशमा फर्कन आग्रह गर्दै विश्लेषक रायमाझीले विश्वलाई देखाउन र इतिहास रचनाका लागि सबै एकजुट हुनुपर्ने बताउँछन् ।

आपसी कटुता बिर्सेर सुन्दर भविष्यको लागि केही न केही त पहल गर्नै पर्ने उनको तर्क छ । राज्य आतंकबाट प्रताडित भएका प्रत्येक नेपालीले अब आ–आफ्नो क्षेत्रबाट हकअधिकारको सुनिश्चिताको निमित्त उठ्नैपर्ने भन्दै उनले सरकारले जनताको आवाजलाई दबाउन नसक्ने पनि चेतावनी दिएका छन् । उनी लेख्छन्,“कायर आतंककारी सरकारले जनताको आवाजलाई दबाउन कदापि सक्नेछैन् ।”

प्रतिक्रिया