विश्वकप फुटबल छनोटमा नेपालले चमत्कार गर्ला ?
काठमाडौं, २६ कात्तिक । लाओससँग कठिन जीत हासिल गर्दै नेपाल विश्वकप फुटबलको एशिया प्रसान्त क्षेत्रको अघिल्लो चरणमा प्रवेश गरेको हो । यो नेपालका लागि निकै ठूलो उपलब्धि बनेको छ । छनोट चरणमा नबढेको भए लामो समय नेपाली राष्ट्रिय टोलीका खेलाडी अन्तर्राष्ट्रिय खेल खेल्नबाट वञ्चित हुन्थे ।
नेपाल छनोटको अघिल्लो चरणमा पुग्दा समूह एच मा छ । जसमा युएई, बहराइन र यमन जस्ता देशहरु रहेका छन् । यीमध्ये कुनैपनि देशले अहिलेसम्म विश्वकप खेलेका छैनन् ।
नेपालको समूहमा रहेका तीनवटै टोलीको प्रदर्शन एशियामा मध्यमस्तरको छ । समूह एचमा पहिलो र दोस्रो टोली विश्वकप छनोटको एशिया प्यासिफिकतर्फ अन्तिम चरणमा पुग्नेछन् ।
नेपालले बहादुरीका साथ खेलमा असम्भव भन्ने केही छैन । तर, खेलाडीमा टिम वर्क, कडा परिश्रम, एन्फाले खेलमा राजनीतिक गन्ध दिन नहुनेलगायतका भूमिका निर्वाह गर्न जरुरी छ ।
नेपालले भेट्रान खेलाडी रोहित चन्द, किरण लिम्बूलाई मैदानमा उतार्नेछ । स्टार स्ट्राइकर अञ्जन बिष्ट पनि मैदानमा उत्रनेछन् । नेपालका युवा खेलाडीमा अनुभवको कमी भएपनि जोस भने रहेको छ । यसकारण नेपालको प्रदर्शन कमजोर नहुने आँकलन गरिएको छ ।