८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

मामाको छोराको योजनामा मुगुमा दिपकको परिवारका चारजनाको विभत्स हत्या


November 10, 2023
0
Shares

काठमाडौं, २४ कात्तिक । मुगुमा एकै परिवारका चारजनाको विभत्स हत्यामा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा काले भन्ने गोरखबहादुर शाही र गोपालबहादुर बोहोरा पक्राउ परेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।

गोपालबहादुर बोहोरा घटनाका मुख्य योजनाकार र गोरखबहादुर शाही सहयोगी भएको खुलेको छ । नाताले युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाही छन् ।

गोपालले कतारको राम्रो कम्पनीमा काम गर्न मिलाइदिने गरी भीसा पठाइदिन आग्रह गर्दा अस्वीकार गरेको रिसबीमा हत्या गरेको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् । मृतक श्रीदेवीका पति दिपक र गोपाल नातेदार पनि हुन् ।

गरगहना लुट्ने भन्दै गोपालले गोरखबहादुरलाई साथमा लिएर हत्या गरेको खुलेको छ । उनीहरुले हत्यापछि लुटपाट समेत गरेका थिए ।

१० कात्तिकको विहान मुगुको छायानाथ राना नगरपालिका वडा नं ६ मुन्दुमा एकै परिवारका चारजनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्या भने ८ कात्तिककै राति भएको थियो ।

हत्या गरिएकामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा र ५ महिनाका छोरा रहर बोहोरा थिए । हत्यापछि घरमा ताला लगाएर अपराधी फरार भएका थिए ।

प्रतिक्रिया