८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

मुगुमा एकै परिवारका चारजनाको हत्याका आरोपी पक्राउ


November 9, 2023
0
Shares

काठमाडौं, २३ कात्तिक । मुगुमा एकै परिवारका चारजनाको विभत्स हत्या गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाही छन् ।

शाही कोहलपुर बस्दै आएका थिए । उनीमाथि प्रहरीले सुरुबाट नै निगरानी बढाएको र हत्याबारे खुलेको बुझिएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिबारे पनि प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनबारे वृस्तृत खुलेपछि मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरी स्रोतले जानकारी दिएको छ ।

१० कात्तिकको विहान मुगुको छायानाथ राना नगरपालिका वडा नं ६ मुन्दुमा एकै परिवारका चारजनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्या भने ८ कात्तिककै राति भएको थियो ।

हत्या गरिएकामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा र ५ महिनाका छोरा रहर बोहोरा थिए । हत्यापछि घरमा ताला लगाएर अपराधी फरार भएका थिए ।

प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगी झण्डै दुई हप्ता अनुसन्धान गरिसकेको छ । घटनाको कारण भने खुलाइएको छैन । तर, हत्यामा संलग्न मृतककै आफन्त रहेको खुलेको छ ।

प्रतिक्रिया