३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतद्वारा भूकम्पपीडितका लागि ११ टन राहत सामाग्री हस्तान्तरण


November 5, 2023
0
Shares

काठमाडौं, १९ कात्तिक । भारतले भूकम्पपीडितका लागि ११ टन राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

उपप्रधानमन्त्री खड्काले भारत सरकारलाई सहयोगका लागि धन्यवाद व्यक्त गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको भोलिपल्टै राहत सामाग्री आइपुगेकोमा आभार प्रकट गरे ।

भारतीय राजदूत नवीन श्रीवास्तवले ११ टन राहत सामाग्रीमा स्लिपिङ ब्याग, टेन्ट, अत्यावश्यक औषधीलगायतका सामाग्री रहेको बताए । उनले राहत कति मूल्यको हो भन्ने हिसाब गर्ने बेला होइन भन्दै सोमबार पनि यत्तिकै परिमाणमा राहत सामाग्री आउने बताए ।

भारतले २०७२ को महाभूकम्पको बेला पनि राहत सामाग्री तत्काल पठाएर सहयोग गरेको थियो ।

भूकम्पको भोलिपल्टै शनिबार शभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत् जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग पठाउने जानकारी दिएका थिए ।

प्रतिक्रिया