३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बाराका विद्यालय सञ्चालक रुपेश सराफको गोली हानी हत्या


October 30, 2023
0
Shares

वीरगञ्ज, १३ कात्तिक । बाराको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सराफको गोनी हानी हत्या भएको छ । सोमबार दिउँसो उनीमाथि विद्यालय नजिकै गोली प्रहार भएको थियो ।

गोली लागी घाइते सराफको उपचारका क्रममा निधन भएको हो । कलैया घर भएका सराफमाथि २ राउण्ड गोली प्रहार भएको थियो । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

३५ वर्षीय सराफले विद्यालय सञ्चालनमा निकै मिहेनत गरेका थिए । उनको विद्यालयले प्रगति पनि गर्दै गएको थियो । गत वर्ष मात्र विद्यालयले नयाँ बसहरु खरिद गरेको थियो ।

घटनास्थलमा गोलीको खोका र रगत बगेको छ । गोली प्रहार गर्ने समूह मोटरसाइकलमा आएका थिए । उनीहरुलाई पक्राउ गर्न सीमामा कडाई गरिएको बुझिएको छ ।

प्रतिक्रिया