८ आश्विन २०८१, मंगलबार | September 24, 2024

चीनको राष्ट्रपति बन्न चुकेका पूर्वप्रधानमन्त्री लि किछ्याङको निधन


October 27, 2023
0
Shares

एजेन्सी, १० कात्तिक । चीनका राष्ट्रपति लि किछ्याङको निधन भएको छ । उनको हृदयघातबाट शुक्रबार सांघाईमा निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

किछ्याङ ६८ वर्षका थिए । उनलाई चीनको भावी नेताको रुपमा हेरिदै गर्दा राष्ट्रपति सीले आफ्नो दुई कार्यकालको नियममा परिवर्तन गरी असिमित बनाए ।

सी चिनफिङ राष्ट्रपति हुँदा किछ्याङ मात्र उनको भित्री टिम बाहिरका थिए । पूर्व राष्ट्रपति हु जिन्ताओका विश्वासपात्र मानिन्थे लि । सी चिनफिङले हाल लिएको ठाउँ लि किछ्याङले लिनसक्ने चर्चा पनि चलेको थियो । तर, बाजी चिनफिङले मारे ।

लि लाई चीनको आर्थिक विकासको सूत्रधारका रुपमा पनि मानिन्छ । उनी हेनान प्रान्तको गर्भनर हुँदा सबैभन्दा कम उमेरमा उक्त पदमा पुग्ने चिनियाँ कम्युनिस्ट पार्टीको नेता बने ।

प्रतिक्रिया