६ आश्विन २०८१, आइतबार | September 22, 2024

इजरायलमा मृत्यु भएका ४ जनाको शव आज काठमाडौं ल्याइदै


October 21, 2023
0
Shares

काठमाडौं, ३ कात्तिक । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल आइपुग्ने भएको छ ।

तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको हो ।
दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यवस्था दुतावासले मिलाएको जनाएको छ । उडान कार्यतालिका अनुसार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने छ । अन्य शव पहिचानको काम भइरहेको नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।

यसैगरी, दूतावासले सम्पर्कविहीन रहेका विविन जोशीको खोजी भइरहेको पनि विज्ञप्तिमार्फत् जनाएको छ ।

 

प्रतिक्रिया