३ मंसिर २०८१, सोमबार | November 18, 2024

कोशीमा मध्यावधि टार्न भित्र भित्र मिले प्रचण्ड, ओली र देउवा


October 19, 2023
0
Shares

काठमाडौं, २ कात्तिक । सतहमा हेर्दा कोशी प्रदेश सरकार गठनमा सत्ता गठबन्धनमा हलचल आएको जस्तो देखिन्छ । वास्तवमा यो मुख्य दलकै नेताहरुको मिलेमतोमा भएको हो ।

कोशीमा मध्यावधिको सम्भावना बढेपछि प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भित्र भित्र मिलेका हुन् । मिलेको हुदैनथिए भने देउवाले डा. शेखर कोइराला पक्षधर मुख्यमन्त्री केदार कार्कीलाई कारबाही गर्दथे । कार्कीलाई साथ दिने सांसदहरु पनि कारबाहीमा पर्दथे । तर, त्यो भएन ।

कोशी प्रदेशमा जति प्रयास गर्दा पनि सत्ता गठबन्धनबाट मुख्यमन्त्री बन्ने सफलता प्राप्त भएको थिएन । संघीयता विरोधी राप्रपा तटस्थ बस्दा संकट झन् गहिरिएको थियो । यसबाट संघीयताविरोधीलाई फाइदा पुग्ने निष्कर्षमा पुगेपछि भित्री मिलेमतामो मध्यावधि टारिएको छ ।

मध्यावधिमा गएको भए संघीयता धरापमा पर्न सक्थ्यो । त्यसलाई रोक्न प्रचण्डले पनि केदार कार्कीको मुख्यमन्त्री बन्ने बाटोमा अवरोध गरेनन् । आखिर कोशी प्रदेश काँग्रेसकै भागमा थिए जसमा उद्धव थापाको मुख्यमन्त्री बन्ने प्रयास पटक पटक असफल भएको थियो ।

प्रतिक्रिया