७ पुस २०८१, आइतबार | December 23, 2024

दूधको पैसा नदिने मन्त्रीलाई गोबर छ्यापिदिनुस् : पूर्वमन्त्री बास्कोटा


October 15, 2023
0
Shares

काभ्रे, २८ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले गठबन्धन सरकारले नेपाल र नेपालीको हितमा केही गर्न नसकेको आरोप लगाएका छन् । किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य नदिएर चरम शोषण गरिरहेको बताए ।

नेपालकै नमुना दुग्ध सहकारी संस्था धुलिखेल नगरपालिका वडा नम्बर २ को सेतीदेवीको २३ औँ वार्षिक साधारण सभामा बोल्दै पूर्वमन्त्री गोकुल बास्कोटाले कृषकहरुको हितमा काम गर्न नसक्ने कृषि मन्त्रीलाई गोबर उपहार दिन कृषकहरुलाई अनुरोध गरे । ‘खेती गर्ने समयमा रासायनिक मल छैन, दूध विक्री ग¥यो पैसा छैन, उत्पादन ग¥यो मूल्य छैन’–पूर्वमन्त्री बास्कोटाले भने–‘यस्तो सरकारका कृषि मन्त्रीलाई गोबर उपहार नदिएर के दिने रु म मोसो त भन्दिन तर गाईको गोबर चाहिँ छ्यापी दिनुहोस् ।’ ‘किसानलाई सहयोग गर्ने कुनै नीति सरकारको छैन, राज्य जनतासँग भागेर जनताको समस्याको अपनत्व लिन सक्दैन’–पूर्वमन्त्री बास्कोटाले भने–‘किसानले ऋण गरेर, दश नंग्रा खियाएर विक्री गरेको, पसिना चुहाएको मूल्यको दूधको पैसा खै रु सरकार लुटेरा बनिरहेको छ । संसद र सरकारलाई पटक पटक खवरदारी गरेको भए पनि सरकारले वेवास्ता गरेको छ ।’ सरकार नेपाली कृषकहरुको दूधको मूल्य दिन छाडेर भारतीय दूध र पाउडर ल्याउँदै गरेको आरोप मन्त्री बास्कोटाले लगाए ।

‘समाजबादको वकालत गर्ने कृषि मन्त्री के हेरेर बसेका छन् रु कुराले चिउरा भिज्दैन’–पुर्व मन्त्री बास्कोटाले भने–‘कृषकहरुको हितमा मात्रै नभएर यो सरकारको ध्यान निजी स्वार्थ बाहेक अन्यत्र छैन । बाटोघाटो पुल पुलेसामा यो सरकारको ध्यान छैन । यस्तो बेवकुफ सरकार कहिल्यै बनेको थिएन । पञ्चहरुको सरकार पनि यस्तो थिएन होला । जनताको कुरै सुन्दैन । व्यक्तिगत हैन देशको विकास हुनु पर्छ । विकास गर्ने तर्फ यो सरकारको ध्यान नै छैन । जनताले यसको बदला लिनेछन् ।’ पूर्वमन्त्री बास्कोटाले उत्कृष्ट कृषक वडा अध्यक्ष अर्जुन न्यौपानेलाई सम्मान गरे । सहकारीले वर्षभरी धेरै दुग्ध विक्री गर्ने एक जना कृषकलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत गत वर्ष र यो वर्ष पनि वडा अध्यक्ष न्यौपाने नै सम्मानित भएका हुन् । उनले एक वर्षको अवधिमा ६९ हजार ३ सय ८८ लिटर दूध विक्री गरेका थिए ।

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले कृषकहरुको हितका लागि स्थानीय सरकारले समन्वय र सहजिकरण गरिरहेको बताए । सभामा दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिकाबल्धव सापकोटा, सहकारी अभियान्ताहरु, वडा अध्यक्षहरुले कृषकहरुको समस्यामा सरकार रमिते बनेको गुनासो गरेका थिए । सस्थाका अध्यक्ष चर्तुभज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सभामा संचालक समितिका उपाध्यक्ष निरञ्जन गेलाल, तोयनाथ घोरसाईने लगायतले संस्थाले गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

आफ्नै गाई फार्म, नमुना सहकारी

सेतिदेवी दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडले आफ्नै गाईफार्म सञ्चालन गरेको छ । लम्पि स्किन रोगको प्रकोपका बाबजुत पनि संस्था आफैले सञ्चालन गरेको फार्ममा साढे करोड लगानी गरिएको छ । जसबाट एक वर्षको अवधिमा ८३ लाख ७२ हजार १ सय १५ रुपैयाँ आम्दानी भई ८१ लाख ८३ हजार २ सय १६ रुपैयाँ खर्च भएको छ । संस्थाले कुल २५ करोड ५६ लाख ९८ हजार ४ सय ६६ रुपैयाँ आम्दानी गरेको छ । खर्च कटाएर एक वर्षको अवधिमा ३० लाख मुनाफा हासिल गरेको हो ।

२ करोड ६४ लाख ९३ हजार ९ सय शेयर पुँजी, १४ करोड २७ लाख २३ हजार ४ सय ९५ रुपैयाँ बचत र १२ करोड ६२ लाख १ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी गरेको उक्त संस्थाले कृषक मैत्री कार्यक्रम सञ्चालन गरेको छ । १८ जना कर्मचारी रहेको उक्त संस्थाले स्वच्छ दूध सङ्कलन तथा विक्रीका लागि दैनिक बिहान र बेलुका दूध सङ्कलन गर्दै आएको छ भने पशु बिमा कार्य, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रासायनिक मल उपलब्ध गराउँदै आएको अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताए । अध्यक्ष तिमल्सिना, उपाध्यक्ष निरञ्जन गेलाल, सचिव सुनिता सापकोटा, कोषाध्यक्ष ध्रुर्वप्रसाद चौलागाई, लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णबहादुर ढुंगाना र ब्यवस्थापक हरिहर अधिकारीले संस्थाले गरेका गतिविधीहरु प्रस्तुत गरेका थिए । समाचारपत्रबाट

प्रतिक्रिया