६ आश्विन २०८१, आइतबार | September 22, 2024

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त


October 14, 2023
0
Shares

काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् ।

डा.शेखर कोइराला निकट कार्कीको पक्षमा नेकपा एमालेसहितका सांसदसहित ४७ जनाले हस्ताक्षर गरेका छन्। काङ्ग्रेसका ८ र एमालेका उप सभामुख सहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक बर्षको अवधिमा ५ जना मुख्यमन्त्री नियुक्त भएका छन् ।

यो अबधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका काङ्ग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो ।

प्रतिक्रिया