३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओलीको जन्मथलो आठराईमा पुग्यो प्राज्ञिक विद्यार्थी परिषद्, शारदा माविका सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


October 3, 2023
83
Shares

काठमाडौं, १६ असोज । तेह्रथुमको आठराई गाउँपालिका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जन्मिएको गाउँ हो । उक्त गाउँले देशको महत्वपूर्ण निकायमा पुगेका व्यक्तित्वहरु जन्माएको छ । तर, उक्त क्षेत्र अझै आर्थिक रुपमा विपन्न नै छ ।

यसपटक प्राज्ञिक विद्यार्थी परिषद् नेपाल आइराई गाउँपालिका पुगेको छ । प्राज्ञिकले त्यहाँको शारदा माविमा अध्ययनरत एक सय विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ ।

प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालको समन्वय तथा भारतीय जनता र भारत सरकारको सहयोगमा आठराई गाउँपालिका स्थित शारदा माध्यमिक विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण भएको हो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रदेश अध्यक्ष प्रेम कार्की, प्रदेश सचिव पुजा ढुंगाना, सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, गाउँपालिकाका शिक्षा एकाइ प्रमुख विष्णु खनाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगत थपलिया, विद्यालयका निमित्त प्राचार्य भवदेव भट्टराई, परिषद्का सगरमाथा प्रदेश कार्यकारिणी समिति सदस्य नविन गुरागाई, सामाजिक व्यक्तिहरू, विद्यालयका शिक्षक कर्मचारी लगायतको उपस्थिति थियो। विद्यार्थीलाई शैक्षिक सामग्रीमा झोला, कपी, कलम, जमेट्री बक्स, प्राज्ञिक अग्रेजी बोलचाल पुस्तक, प्रज्ञा शब्दकोष लगायतका सामग्री वितरण भएको जनाइएको छ ।

प्रतिक्रिया