६ आश्विन २०८१, आइतबार | September 22, 2024

लोकतान्त्रिक खेलकुद संघ ललितपुरको अध्यक्षमा गुरुङ मनोनित


October 2, 2023
83
Shares

ललितपुर, १५ असोज । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको ललितपुर जिल्ला अध्यक्षमा पुनित गुरुङ मनोनित भएका छन् ।

लोकतान्त्रिक खेलकुद संघको बिधान २०७९ भाग ६ को २६ बमोजिम गुरुङलाई संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले मनोनित गरेका हुन् ।

“नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रहि,संघलाई चुस्त र दुरुस्त रुपमा अगाडी बढाउनु हुनेछ,भन्ने आशा राखेको छु । साथै विधि विधान अनुरुप कार्य गर्नु/गराउनु हुनेछ ।”– अध्यक्ष शेरचनद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया