४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रधानमन्त्री प्रचण्डको टोली आज स्वदेश फर्कदै


September 30, 2023
0
Shares

काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी क्तबतझभलत को स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वयनले नेपाल अब भूपरिवेष्ठित देश होइन भू–सम्बन्ध जोड्ने देश भएको बताए ।

सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र तपाईंको नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताएका थिए ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया