२७ भदौ २०८३, शनिबार | September 13, 2026

विश्वासघात गरेको भन्दै अभिनेता अनमोल केसी पक्राउ


September 30, 2023
0
Shares

काठमाडौं, १३ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

जाहेरीकर्ता सुप्रिया कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि एक करोडभन्दा बढी पैसा लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। अनमोल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।

प्रतिक्रिया