इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं, ११ असोज । आज इन्द्रजात्रा । काठमाडौं उपत्यकामा ऐतिहासिक पर्व मनाइँदैछ । सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीमा बसन्तपुरस्थित हनुमानढोका दरबार अगाडि इन्द्रध्वजासहितको लिंगो ठ्डाएपछि जात्रा प्रारम्भ हुन्छ ।
इन्द्रजात्रामा रथयात्रा, नाँचगान, झाँकीहरु निकालिन्छ । लिंगो ढालेपछि जात्रा समाप्त हुन्छ ।
आज राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु इन्द्रजात्राको अवलोकनका लागि वसन्तपुर पुग्नेछन् ।