३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनालाई ५ दिन थुनामा राखिने


0
Shares

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीनजनालाई ५ दिनसम्म थुनामा राखिने भएको छ ।

बानेश्वरमा प्रचण्डविरुद्ध नाराबाजी गर्नेहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

प्रधानमन्त्रीविरुद्ध मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले नाराबाजी गरेका हुन् ।

पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवाको मुख थुनेका थिए । पक्राउ पर्नेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेत छन् ।

 

प्रतिक्रिया