२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

२० घण्टा रेलयात्रापछि पुटिनसँग किमको पाँच घण्टा भेटवार्ता


September 14, 2023
0
Shares

एजेन्सी, २८ भाद्र । विरलै विदेश यात्रामा निस्कने उत्तर कोरियाका नेता किम जोङ ऊनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । त्यो भेट पाँच घण्टा लामो थियो । भेटमा हतियार सम्झौताका विषयमा पनि कुराकानी भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

किम पुटिनलाई रुसको स्पेसपोर्टमा भेट्न विशेष रेलयात्रामा पुगेका थिए । रेल २० घटापछि रुस पुगेको थियो ।

कडा सुरक्षासहितको रेलमा विशेष सुविधा पनि थियो । उत्तर कोरियाली नेता लामो यात्रा रेलबाटै गर्छन् ।

रुससँग उत्तर कोरियाको विशेष सम्बन्ध छ । रुससँग सीमा जोडिएको उत्तर कोरियामा कम्युनिष्ट शासन छ । युक्रेनसँग युद्ध गरिरहेको रुसले हतियार उत्तर कोरियाबाट लिन चाहेको छ ।-Photo Source: TASS

प्रतिक्रिया